काठमाडौं । ११औं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट भएको छ । महोत्सवमा उत्कृष्ट फिचर डकुमेन्ट्रीतर्फको अवार्ड राजन कठेत र सुनील पाण्डे ‘नो विन्टर होलिडेज’ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालबाट सहयोगराज अधिकारी र एलएसएम ‘यात्रा’ ले पाएको छ । त्यस्तै उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमरिज’ले जितेको छ ।
उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाउनुभएको छ । उत्कृष्ट छोटो कथानक चलचित्रतर्फको अवार्ड आकांक्षा कार्कीको ‘सनाई’ले हात पारेको छ भने उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै जुरी मेन्सन अवार्ड बेलायतको एल्हम एहसासको लघु चलचित्र ‘येल्लो’ले पाएको छ ।
महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्र देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहनुभएको थियो ।
उक्त अवसरमा ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिकका अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबिच दुई वटा प्यानलमा छलफल पनि राखिएको थियो । चार दिनसम्म महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच