काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ ।
आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको समाचार प्रति ध्यानाकर्षण भएको बताउँदै सोमबार प्रवक्ता मनिषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिवद्ध रहेको जिकिर गर्नुभएको छ ।
विज्ञप्तिमार्फत संसदको अधिवेशन आव्हान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगमा अवैधानिक निवेदन पेश गरेको भन्दै कुनै पनि भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच