![राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rastrapati-meeting.jpg)
काठमाडौं । नेपाली कांग्रेसका नेताहरू आन्तरिक छलफलपछि बालुवाटारतिर लागेका छन्।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब तीन घन्टा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार जानुभएको छ ।
कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदीय छानबिन समिति गठनकाे माग लगायतमा केन्द्रित रहेर छलफल गरेको थियो।
कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।
कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीले ५ बजे छलफल गर्ने बताइएको छ। सहकारी प्रकरणमा आफूहरूले राखेको मागबाट पछि हट्न नसक्ने कांग्रेसले बताउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच