दाने बोहरा
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको दुई वडामा वडाध्यक्ष माओवादी केन्द्रका पुरै प्यानल विजयी हुनुभएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठाल सहित पुरै प्यानल विजयी भएको छ ।
वडा नम्बर १ मा मनलाल रिठालले २२३ मत ल्याउनु भएको छ । एमालेका हिक्मतजङ खड्का पराजित हुनु भयो । यस वडामा ४५७ मत खसेको थियो ।
वडा नम्बर ५ को अध्यक्षमा पनि माओवादीका मंगल नेपाली सहित पूरा प्यानलै विजयी भएको छ । मंगल नेपालीले ३०७ मत प्राप्त गरेर विजयी हुन भएको हो । एमालेका रत्नलाल बुढा पराजित हुनु भयो । यस वडामा ४८० मत खसेको थियो ।
यस्तै जिल्लाको अन्य गाउँपालिकामा मतगणना नभएको जानकारी प्राप्त भएको छ । सर्वदलीय बैठक बसिरहेको जनाइएको छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच