नवलपरासी । पश्चिम नवलपरासीको सुनवालमा नदिजन्य पदार्थको चोरी गर्दा ३ लाख रुपैया जरिवाना काटिएको छ ।
सुनवल १३ बडेरा खोलामा नदि जन्य पदार्थको चोरी गर्दै गरेको अवस्थामा ३ वटा टिप्परहरु नियन्त्रण लिइएको जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिमले जानकारी दिएको छ । बुधबार सुनवल नगरपालिका वडा नं १३ स्थित बडेरा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ ९ढुंगा० लोड गर्दै गरेको अवस्थामा फेला पारी तीन ९३० वटा टिप्परहरू नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लु २ ख ३८६०, प्र ०२–०३००१ ख ६३२७ र प्र०२–०३००१ख ४६६८ नम्बरका ३ वटा टिप्परहरु नियन्त्रणमा लिइएको छ । टिप्पर नियन्त्रणमा लिदै सवारी साधन धनी प्रतापपुर गाउँपालिका–०२, नवलपरासी (बसुप)का सतेस हरिजनबाट तीन लाख रुपैया जरिवाना काटिएको राजस्व शाखामा कार्यरत रमा न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आइरहेको समयमा चोरी गर्दा गर्दै ३ वटा टिप्परहरु नियन्त्रणमा परेका हुन । नदि जन्य सामाग्रीको चोरीमा संलग्नहरूको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच