![पाहुना हराउँदा लच्छिन हराएजस्तो भएको छ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Dr.-Narayan-Chalise-Hita-Article-2.jpg)
खोटाङ । खोटाङमा भएको १८ वर्षमूनिको राष्ट्रिय गायन प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका मिलन विश्वकर्मा प्रथम हुनुभएको छ । प्रथम बन्नुभएका विश्वकर्माले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजनामा जेठ ६ गते दिक्तेलस्थित कबर्डहलमा सम्पन्न प्रतियोगितामा खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका सुदिप विश्वकर्मा दोश्रो, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी कञ्चन राई तेश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी अदिती शाक्य चौथो र सोही नगरपालिकाको जालपाका डेनिस राई पाँचौ हुनुभएको छ । उहाँहरुले क्रमश २५ हजार, १७ हजार, ११ हजार र ७ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट ५ जना खोटाङकै हुनुहुन्छ ।
२९ जनाले भाग लिएको प्रतियोगितामा पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ र उत्कृष्ट १५ बाट उत्कृष्ट ५ छनोट गरिएको थियो। गायन प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहनुभएको थियो ।
कार्यक्रममा खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई जनही सात हजार ७७७ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताउनुभयो।
प्रतिष्ठानले बैशाख ३१ गतेदेखि ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ गरिरहेको छ । महोत्सव अन्तर्गत बैशाख ३१ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता र जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भईसकेको छ । जेष्ठ ८ गतेदेखि १० गतेसम्म दिक्तेलमा राष्ट्रिय कराते प्रतियोगिता हुदैछ।
कराते प्रतियोगितामा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकबीच प्रतिस्पर्धा हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच