धादिङको रुबीभ्याली गाउँपालिकामा रासायनिक मल बिक्री बितरणमा रोक

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा रासायनिक मल तथा बिषादी खरीद र बिक्री बितरणमा रोक लगाएको छ । माना रोपेर मुरी उब्जाउने बेलामा किसानले रासायनिक मल नपाएको सर्वत्र आवाज उठिरहेको बेला गाउँपालिकाले रासायनिक मल तथा बिषादी खरीद र बिक्री बितरणमा रोक लगाएको हो ।

गाउँपालिकाले रासायनिक मल तथा बिषादी खरीद र बिक्री बितरणमा रोक लगाएर अहिले किसानहरुलाई जैविक बिषादी निर्माणसम्बन्धी तालिम दिन सुरु गरिएको छ । रुबीभ्यालीलाई पूर्ण अर्गानिक खाद्यान्नको गाउँपालिका बनाउने अभियानमा रहेकाले रासायनिक मल बिक्री बितरणमा रोक लगाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले एक सूचना जारी गर्दै रासायनिक मल तथा बिषादी खरीद तथा विक्रि नगर्न आग्रह गर्नुभएकाे हाे ।

सूचनामा भनिएको छ- 'गाउँपालिकाको क्षेत्र भित्र रासायनिक मलको प्रयोग, बेचविखन पूर्णरुपमा प्रतिबन्ध गरीएको हुँदा रासायनिक मल प्रयोग र बेचविखन नगर्नुहुन सम्पूर्ण सरोकारवालालाई अनुरोध छ । साथै कानुनको उल्लङ्घन गरी रासायनिक मलको ओसारपसार, बेचविखन तथा प्रयोग गरेको पाईएमा जफत गरि ऐन बमोजिम जरिवाना र कारवाही गरिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?