सर्लाही । तराई विकास तथा संञ्चार केन्द्र नेपालद्वारा शुरुआत गरिएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियानमा ऐक्यवद्धता जनाउँदै सर्लाही जिल्ला लालबन्दी नपाका तीन जनाले बुधबार आआफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन् ।
सर्लाही जिल्ला लालबन्दीका स्थानीय लालप्रसाद चौलागाईं, लिला प्रसाद चौलागाईं र हरि प्रसाद चौलागाईंले आआफ्नो जन्मदिनको अवसरमा छुट्टाछुट्टै रुपमा श्रीखण्ड, रुद्राक्ष र रक्तचन्दनको बिरुवा रोपण गरि जन्मोत्सव मनाउनुभएको हो ।
यसअघि तराई विकास तथा संञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सिमरा कल्छेको सत्यनारायण मन्दिर परिसरको प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा मन्दिरमा रहेका आश्रित बालबालिकालाई अन्न, फलफूल वितरणका साथै बृक्षारोपण कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा अभियानका संयोजक तथा तराई विकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंले कार्यक्रममा सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर विभिन्न जातका बिरुवाको रोपण गर्न आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच