खोटाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पत्रकारितामा क्रियाशिल दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।
महासंघको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारण सभाको अवसरमा शनिवार दिक्तेलस्थित समिक्षालय हलमा पत्रकार राजकुमार भट्टराई र सविना परियारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।
भट्टराई र परियारले पत्रकारिताको माध्यमबाट आम जनतालाई सुसूचित गर्दै जिल्लामै रहेर समाज रुपान्तरणका लागि पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै जनही पाँच–पाँच हजारसहित सम्मान प्रदान गरेर पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलिप खत्रीले बताउनुभयो ।
पत्रकारद्धयलाई कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले पुरस्कार प्रदान गर्नुभएको छ ।
पत्रकार भट्टराई रुपाकोट खबर डटकम अनलाइनका सञ्चालक तथा गोरखापत्र दैनिकका जिल्ला संवाददाता हुन् । परियार नमस्ते खोटाङ अनलाईनका संवाददाता हुन् ।
महासंघले साधारणसभाबाट सर्वसहमत रुपमा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । भावि योजनाहरुलाई समेत पारित गर्दै साधारण सभा समापन भएको अध्यक्ष खत्रीले बताउनुभयो ।
महासंघको नयाँ नेतृत्व भने केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेपछि मात्रै टुंगो लाग्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच