काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले एक निर्देशकले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउनु भएको छ ।
एक अन्तर्वाताका क्रममा उहाँले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटना सार्वजनिक गर्नुभएको छ । उहाँलाई निर्देशकले केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनेका थिए ।
यो उहाँको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उहाँको विश्वास छ ।
हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गर्नुभएको छ । अभिनेत्रीले भन्नु भयो ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईलाई छनोट गरिएको छ। के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’
ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भन्नु भयो, ‘निर्देशकको यो माग सुनेर म छक्क परें । एक पलको लागी मलाई लाग्यो कि सायद मसँग केहि गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’
एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा हुनुहुन्छ । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निमाउनु भएको छ । यसमा उहाँ एकल आमाको भूमिकामा हुनुहुन्छ ।
-एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच