काठमाडौं । लिगेश भट्टराई अर्थात लीलाधर म्युजिक भिडियो निर्माण, निर्देशनमा सक्रिय हुनुहुन्छ । नृत्य निर्देशनमा सक्रिय रहँदै उहाँले एक दर्जनजति चलचित्रमा नृत्य निर्देशकको रूपमाकाम गरिसक्नुभएको छ भने एक सयभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसक्नुभएको छ । अभिनयमा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आइरहनुभका भट्टराईले एक दर्जन जति म्युजिक भिडियोमा मोडलिङसमेत गर्नुभएको छ ।
विभिन्न उत्सवमा हुने मेला महोत्सवमा एवं सांस्कृतिक कार्यक्रममा नृत्यकला पस्कँदै आइरहनुभएका भट्टराई र नृत्याङ्गना सन्ध्या घताने ‘सन्ध्या सानु’को जोडीलाई पनि दर्शकहरूले औधि रुचाउन थालेका छन् । कुनै पनि उत्सवका आयोजकले लिगेश र सन्ध्याको जोडीलाई आफ्नो कार्यक्रममा सहभागी गराउन छुटाउँदैनन् भने यो जोडीले दर्जनौ स्टेज कार्यक्रममा एक साथ प्रस्तुति दिइसक्नु भएको छ ।
नेपालमा चर्चा बटुलिरहनुभएका लिगेश र सन्ध्या आफ्नो कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा बजार बिस्तार गर्ने उद्देश्यका साथ विभिन्न देशमा नेपालको मौलिक पहिचान झल्किने नृत्य प्रस्तुतिका लागि सांस्कृतिक कार्यक्रम लिएर विदेश भ्रमणमा निस्कने तयारीमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच