शहीद स्मारक लिगः आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ‌ं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लक एक आपसमा भिडनेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिडनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?