भालुको आक्रमणबाट सैनिक हवल्दार घाइते, जोगाउन खोज्दा अर्का एक जनालाई लाग्यो गोली

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्ने क्रममा जंगली जनावर भालुले आक्रमणबाट सैनिक हबल्दार घाइते हुनुभएको छ ।

हबल्दारलाई जोगाउन नेपाली सेनाले हानेको गोली लागेर उहाँसंगै रहेका सेनाकै प्युठ घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

भालुको आक्रमणमा परी रत्ननगरपालिका वडा नम्बर ६ स्थित नेपाली सेनाका हवल्दार बर्ष ४० का लक्ष्मण थापा घाइते हुनुभएको हो । गस्ती टोलीले भालुलाई गोली हानेर थापालाई बचाउन खोज्दा उहाँसंँगै गस्ती गरेका सोही गणका बर्ष २३ का प्युठ कुन्दन सिंह समेत घाइते भएको प्रहरीले जनाएको छ ।

सिंहको दाईने घुँडामा गोली लागेको छ । घाईते दुबैको उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा थप उपचारका लागि छाउनी अस्पताल काठमाडौं रिफर गरिएको कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?