कराँतेको बागमती अध्यक्षमा लामा

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ । अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि चयन गरेको छ ।

सोमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दीपक श्रेष्ठ (ललितपुर), ज्ञानबहादुर जिम्बा (काठमाडौं), विजय गुरूङ (नुवाकोट), राधिका देउला (भक्तपुर), दीपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) रहनुभएको छ ।

नेपाल सितोरियो कराँते संघ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, संघका केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह तथा बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?