काठमाडौं । राजिप महर्जन र युनिशा महर्जनले प्रथम अन्तर २० वडा कप टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । खुला सिंगल्सको पुरुषमा राजिप र महिलामा युनिशा पहिलो हुनुभएको हो । पुरुषमा सांज्ञा वज्राचार्य दोस्रो तथा एरिश शाक्य र सञ्जय शाक्य तेस्रो हुनुभयो । महिलामा गार्भी महर्जनले रजत तथा प्रमिला जोशी र मन्दिरा शाक्यले कांस्य जित्नुभयो ।
ललितपुर महानगरपालिका-२० द्वारा आयोजित प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा एरिश शाक्य पहिलो, संस्कार श्रेष्ठ दोस्रो तथा शर्मन शाक्य र प्रहृत शर्मा तेस्रो बन्नुभयो । पुरुष १६ देखि ४० वर्षमा सञ्जय शाक्यले स्वर्ण, रेमन महर्जनले रजत तथा अजय जोशी र रमन महर्जनले कांस्य हात पार्नुभयो ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा राजिप महर्जन प्रथम, सांज्ञा वज्राचार्य द्वितीय तथा रोशनकुमार शाक्य र राकेशभक्त मुल्मी तृतीय हुनुभयो । कर्मचारी र जनप्रतिनिधि सम्मिलित मिश्रित सिंगल्समा शैलेन्द्र शाक्य पहिलो, चन्द्रलाल महर्जन दोस्रो तथा अमर डंगोल महर्जन र मंगलदेवी महर्जन तेस्रो हुनुभयो । पुरुष डबल्समा अशोक श्रेष्ठ/सांज्ञाको जोडी पहिलो, प्रमोद श्रेष्ठ/धनबहादुर महर्जनको जोडी दोस्रो तथा शर्मन शाक्य/रमन महर्जन तथा अमर डंगोल महर्जन/रोशनकुमार शाक्यको जोडी तेस्रो स्थानमा रहनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच