![भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/honey-huntting-mygdi-1.jpg)
रियाद । साउदी प्रो लिगमा अन्तिम समयको गोलले अल नासर अल रियादसँग २-२ को बराबरीमा रोकिएको छ । बिहीबार राति सम्पन्न खेलमा अल नासर हारबाट जोगिएको हो । प्रिन्स फैसल बिन फहद रंगशालामा अल नसारका लागि ओटाभियो र मेशारी फहादले गोल गर्नुभयो ।
अल रियादका लागि आन्द्रे ग्रेले र मोहम्मद अल-अकिलले गोल गर्नुभयो । बराबरीसँगै ३३ खेलमा ७९ अंक जोडेको अल नसार दोस्रो स्थानमा छ । अल रियाद समान खेलबाट ३२ अंकका साथ १४औं स्थानमा छ । खेलको १५औं मिनेटमा ओटाभियोले गोल गर्दै नासरलाई अग्रता दिलाउनुभयो ।
ग्रेले २६औं मिनेटमा वाइ अल शेहरीको पासमा गोल गर्दै अल रियादलाई खेलमा फर्काउनुभयो । पहिलो हाफको इन्ज्युरी समयको शेहरीकै पासलाई जाली चुमाउँदै अल-अकेलले अल रियादलाई २-१ को अग्रता दिलाउनुभयो । खेलको इन्जुरी समयमा मेशारी फहादले गोल गर्दै नासरलाई हारबाट जोगाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच