गुल्मी । गुल्मीमा कृत्रिम घटना अभ्यासको डेमो प्रदर्शन गरिएको छ । जिल्लामा रहेका सुरक्षा निकाय, रेडक्रस तथा पत्रकारहरुको सहभागितामा सडक दुर्घटना हुँदा गरिने उद्दार कार्यको कृत्रिम घटना अभ्यास गरिएको हो ।
रेसुंगा नगरपालिका-८ खानीगाउँमाथि तम्घासदेखि रेसुंगा जाने सडक खण्डमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, पत्रकार लगायतको समन्वयमा जिल्ला सुरक्षा समितिले कृत्रिम सवारी दुर्घटनाको घटना अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
कृत्रिम घटना अभ्यासमा सवारी दुर्घटनामा परि भिरमा अड्किएका घाइतेलाई प्रहरीले रेस्क्यू गर्दा गरिने कार्यहरुलाई क्रमिक रुपमा डेमो प्रदर्शन गरिएको थियो । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले यतिबेला चाडपर्वहरु नजिकिएकाले सवारी दुर्घटना बढ्न सक्ने भएकाले यात्रा गर्न ध्यान पुर्याउन पर्ने बताउनुभयो ।
उहाँले दुर्घटना भइहालेमा प्रहरीले गर्ने उद्धार कार्यको डेमो प्रदर्शन गरिएको बताउनुभयो । ‘चाडपर्वहरु नजिकिएका छन् । चाडपर्वको बेलमा गाडीहरु ब्यापक रुपमा सडकमा हिड्नुपर्ने हुन्छ । त्यस्तो समयमा कहिलकाँही दुर्घटना पनि हुन सक्छ । दुर्घटना सजिलो ठाउँमा मात्रै हुन्छ भन्ने छैन्।’ प्रजिअ केसीले भन्नुभयो,-‘दुर्घटना कुनै ठुला अप्ठ्यारा भिरहरुमा पनि दुर्घटना हुन्छ । त्यसलाई मध्यनजर गर्दै सडक दुर्घटना सम्बन्धि डेमो प्रर्दशन गरिएको हो ।’
यस्तै प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले अहिलेको समयमा नेपालीहरुका ठुला पर्वहरु नजिकिएकाले गाउँघरतिर पर्व मनाउन आउनेको संख्या पनि बढ्ने भएकाले यस्तो समयमा दुर्घटनाको जोखिम बढी हुने बताउनुभयो । ‘अहिले गाउँघरमा दशै, तिहार जस्ता चाडपर्व मनाउने क्रममा मानिसहरुको आवतजावत बढी हुन्छ । तर सवारी साधनको संख्या कम छन् । भने यात्रुको चाप बढी हुने गरेको देखिन्छ ।’ प्रहरी उपरीक्षक प्रधानले भन्नुभयो,-‘त्यसो भएपछि सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, सरसामान पनि छतमा बढी राख्ने गरेको देखिन्छ । यस्ले गर्दा एकातिर यान्त्रिक हिसाबले पनि सवारी साधन कमजोर हुन्छ । अर्कोतिर दुर्घटनाको जोखिम बढी हुन्छ ।’
दुर्घटना नहोस् भन्ने सचेतना तथा भइहालेमा गरिने उद्दार कार्यका विषयमा कृत्रिम घटना अभ्यासको नमुना प्रर्दशन गरिएको उहाँले बताउनुभयो । उहाँले सवारी साधनमा झुण्डिएर यात्रा गर्ने, सवारी साधनको छतमाथि चढ्ने, बढी भिडभाडका ठाउँमा झ्यालबाट बाहिर हेर्ने जस्ता कार्यहरु गर्न नहुने बताउनुभयो । यसैपनि पहाडी भेगको बाटो पनि सुरक्षित छैन् । विभिन्न किसिमका मोडहरु रहेका छन् । कच्ची सडकहरु छन् । पक्की सडक पनि भत्किएको अवस्था छ । यो अवस्थामा कुनै पनि बेला सवारी दुर्घटना हुन सक्छ । सवारी साधन पनि कमजोर सडक पनि दुर अवस्थाको हुँदा दुर्घटना हुन सक्छ । यस्तो अवस्थामा दुर्घटना भइहाले कसरी उद्धार गर्ने भन्ने सन्दर्भमा कृत्रिम घटना अभ्यास गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच