![बजारमा विषादी प्रयोग गरिएका खरबुजा, कसरी गर्ने पहिचान ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/kharbuja-water-milion.jpg)
काठमाडौं । बंगलादेशसँगको टी–२० क्रिकेट सिरिजमा अमेरिकाले अग्रता बनाएको छ । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै अमेरिकाले सिरिजमा १–० को अग्रता बनाएको हो ।
पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अमेरिकाको जितमा हरमित सिंहले १३ बलमा नटआउट ३३ रनको पारि खेले । कप्तान मोनांक पटेल १२ बलमा २७ रनमा आउट भए । एन्ड्रियास गौस १८ बलमा २३ रन बनाएर पभेलियन फर्किए भने स्टिभन टेलर २९ बलमा २८ रन बनाएर फर्किए ।
हरमित सिंह र कोरी एन्डरसनले अन्तिम अन्तिमतिर २८ बलमा ६२ रनको नटआउट साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । एन्डरसनले २५ बलमा नटआउट ३४ रन बनाए । बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यस अवधिमा टोलीका लागि सर्वाधिक रन तौहिद हृदयको ब्याटबाट आएको थियो । उनले ४७ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ रन बनाएका थिए ।
अनुभवी महमुदुल्लाहले २२ बलमा ३१ रनको योगदान दिए । त्यस्तै लिटन दास १४, सौम्य सरकार २०, कप्तान नजमुल हुसेन शान्तो ३ र शकिब अल हसनले ६रन बनाए ।
अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रवलकर, अली खान र जेसी सिंहले एक–एक विकेट हात पारे ।
आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्गलादेश र अमेरिकाले तीन खेलको टी–२० सिरिज खेल्दैछन् । सिरिजको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । बङ्गलादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ ।
नेपाल र बङ्गलादेशबीचको खेल जुन १७ तारिखमा हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।
![सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/kkr-ipl.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच