लतिलपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा तेक्वान्दो धेरै नै लोकप्रिय बनिरहेको पनि सुनाउनुभयो । अध्यक्ष नेपालले तेक्वान्दोलाई अझै विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले तेक्वान्दो छोरीहरूलाई बढीभन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने धारणा राख्नुभयो । उहाँले खेलले शरीरलाई स्वस्थ बनाउने बताउँदै जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृति छन्’, उहाँले भन्नुभयो, ‘महिला हिंसाका घटना भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुहोस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’ अध्यक्ष नेपालले खेलले सामूहिकताको भावना बढाउने बताउनुभयो । खेलबाट अनुशासित र मिहिनेती हुन प्रेरित गर्ने उहाँले बताउँदै खेललाई प्रोत्साहन दिनुपर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच