![पर्यटनको आर्कषण बन्दै चुलीबोझा मगर ‘होमस्टे’ (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/chulibojha-home-stay-22.jpg)
काठमाडौं । पाकिस्तानले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।
टी–२० विश्वकपमा पाकिस्तान समुह ए मा रहेको छ । समुह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् । पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै दोस्रो खेल चीरपरिचित प्रतिद्वन्दी भारतसँग जुन ९ मा हुने छ भने तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ । त्यस्तै समुह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच