साहित्य सिर्जनासँगै संगीत साधनामा सक्रिय हुनुहुन्छ अनिल नेपाली । विसं २०६७ सालमा पहिलो कृति ‘मोडिएका पाइलाहरू’ नामक गजलसंग्र्रह प्रकाशित भएसँगै पछिल्लो समयसम्म उहाँका आधा दर्जन साहित्यिक कृति प्रकाशित भइसकेका छन् । रामेछापको गोकुलगंगा गाउँपालिका-५ मा जन्मिनुभएका अनिलले साहित्यसँगै संगीत क्षेत्रमा पनि आफ्नो परिचय उँचो बनाउँदै आउनुभएको छ । पिता ढाकाराम नेपाली र माता जिरा नेपालीको कोखबाट जन्मिनुभएका उहाँले २०६९ सालमा कुसुम चरित नामक खण्डकाव्य प्रकाशित गर्नुभएको थियो भने २०७४ सालमा पहिलो गीत ‘सम्झिने नि मै छु तिमीलाई’ श्रोतामाझ पस्किनुभएको थियो । हालसम्म उहाँका ‘साइँली, पियारा तिमी आउँछौ कहिले, रुवाउने माया, जय-जय शिव, धागो चंगामा’ जस्ता गीत श्रोता/दर्शकमाझ आइसकेका छन् । त्यस्तै, ‘परी सुत्ने देश’ बाल कवितासंग्रह, ‘मीठो बोली’ बाल कथासंग्रह, ‘विन्दु’ नाट्य कृति प्रकाशित भइसकेका छन् भने नाटक ‘मैना-मंगल’, बाल उपन्यास ‘शीतको नदी सुनको बगर’, ‘अनिल नेपालीका चर्चित बालकथाहरू’, ‘शतभिषा’ कथासंग्रह र ‘उत्तरफाल्गुनीको गीत’ उपन्यासलगायतका पाण्डुलिपि प्रकाशनको पर्खाइमा रहेको उहाँ बताउनुहुन्छ । साहित्य र संगीत साधनामा उत्तिकै सक्रिय अनिलले गायन र भिडियो निर्देशनमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएको छ । जीवन जगत्को तरंगलाई लयात्मक बनाउने गीत-संगीतलाई काव्य-कृतिबाट ओझेलमा पारेर हामीले टुहुरो साहित्य लेखिरहेछौँ भन्नुहुने साहित्यकार एवं संगीतकार अनिल नेपालीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-
हाल केमा व्यस्त हुनुहुन्छ ?
भर्खरैमात्र सामाजिक कथामा आधारित ‘रुवाउने माया’ गीत बजारमा ल्याएको छु । जसमा लय/शब्द र स्वर मेरो स्वयं रहेको छ भने गायनमा अनुजा पुडासैनीले साथ दिनुभएको छ । गरिब र निःसन्तान दम्पतीलाई एकअर्काको मायाले कसरी रुवाउँछ भन्ने मार्मिक कथालाई भिडियोमा उतार्ने प्रयास गरेको छु । साथै, ‘शतभिषा’ नामक कथासंग्रह पनि प्रकाशनको तयारीमा रहेकाले कथाको पुनर्लेखनलाई अन्तिम रूप दिन व्यस्त छु ।
तपाईं गायक, निर्देशकमा पनि पर्नुहुन्छ ?
साधनाको विचित्रता बुझिनसक्नु रहेछ । हिम्मतले कल्पनालाई चिथोर्न सकिँदोरहेछ । इच्छाशक्तिको ऊर्जाले सम्भावनाभित्रको मोती टिप्न सकिँदोरहेछ । तसर्थ, म आफूलाई गायक भन्दिनँ । श्रोताहरूले मभित्रको गायकी क्षमतालाई मूर्तरूप दिन ऊर्जा र प्रेरणा दिनुभयो । त्यसैले आफ्ना सिर्जनाहरू आफैंले गाएको हुँ । यसको फाइदा गीतको शतप्रतिशत गुणस्तरको लाभ श्रोताहरूले पाउँछन् । म आफैं साहित्य लेख्ने भएकाले कल्पनालाई मूर्तरूप दिन गरिने नियमकीय कसरतको प्याकेजलाई निर्देशन बुझ्छु । त्यसैले, आफ्नो साहित्यिक चेतनाको दायरालाई फराकिलो बनाउने लोभले पनि निर्देशनको आनन्दता र झन्झटको बोझ स्वीकार्न मन लाग्छ ।
विचार विमोचन, साहित्य लेखन र सञ्चार कर्ममा सक्रिय हुँदै गर्दा आत्मामा अनौठा तरंगहरूले विस्फोटको बाटो खोजिरहे । म कसैबाट प्रभावित भएर वा कोही जस्तो बन्छु भनेर यो क्षेत्रमा लागेको होइन । साहित्य लेख्दा रुनु र हाँस्नु स्वाभाविक मानिन्छ । हाँसो र आँसुको नियमित आकस्मिकताको द्वन्द्वबाट राम्रो गीतको सिर्जना हुन्छ । अनि, आफूले लेखेको गीतलाई अभिभावकत्व प्रदान गर्न संगीत भर्छु । श्रोताहरूले मैले लेखेका शब्दहरू मर्मस्पर्शी र मैले भरेको संगीतले दिल छुन्छ भन्नुहुन्छ । श्रोताहरूको त्यही माया र प्रेरणाले म यो क्षेत्रमा लागेको हुँ ।
गाउन सजिलो कि निर्देशन गर्न ?
औपचारिकताका लागि दुवै सजिला काम भए पनि प्रतिस्पर्धाको मैदानमा दुवै अत्यन्त कठिन काम हुन् । दिनमा सयौं गीतहरू रेकर्ड हुन्छन् र दर्जनौं भिडियोहरू बनिरहेका हुन्छन् । सयौं साहित्यहरू लेखिरहेका हुन्छन् । तर, गुणस्तरका आधारमा गन्ने हो भने एउटै हातका औंलाहरू काफी हुन्छन् । मलाई गाउनभन्दा निर्देशन बढी गाह्रो कामजस्तो लाग्छ । किनकि, एउटा दृष्टिविहीनले साधना, ऊर्जा र अनवरत प्रयासपछि गाउन सक्छ । गला काँचो माटो हो । साधनाले त्यसलाई आकार दिन सकिन्छ । तर, उसले निर्देशनको पाटोमा चाहेर पनि परिणाम दिन सक्दैन । गायन र निर्देशन दुवै कर्मका लागि भगवान्को कृपा रहनुपर्छ । यद्यपि, गायनमा उनान्सय र निर्देशनमा सय भन्नेमात्र हो । तर, दुवै उत्तिकै कठिन काम हुन् । जोखिमको परिधिभित्र गाह्रो र सजिलोको विकल्प भन्ने नै हुँदैन ।
तपाईंले अहिलेसम्म कति गीत गाउनुभएको छ, केही गीतको बोल ?
मैले अहिलेसम्म आफ्नै शब्द÷संगीतका मात्र गीतहरू गाएको छु । तर, जति गाएको छु अत्यन्त मिहिनेत र आफ्ना सिर्जनाहरूलाई जीवन्त बनाउने प्रयाससहित आफूलाई कहिल्यै पश्चाताप नहुने गरी गाएको छु । ‘पियारा तिमी आउँछौ कहिले ?’, ‘साइँली’, ‘रुवाउने माया’ मेरै लय÷शब्दमा आफूले गाएका गीतहरू हुन् । यी तिनै गीतहरूको कथावस्तुका आधारमा आ-आफ्नै साहित्यिक विशेषता छन् । म गीतलाई मनोरञ्जनका अस्त्रका रूपमा मात्र लिन्नँ । जीवन जगत्को तरंगलाई लयात्मक बनाउने महान् साहित्यका रूपमा लिन्छु । बरु गीत÷संगीतलाई काव्य/कृतिबाट ओझेलमा पारेर हामीले टुहुरो साहित्य लेखिरहेछौँ भन्ने आत्मग्लानी हुन्छ । पछिल्लो समय मलाई गीत गाउने अफर आइरहेका छन् । तर, अरूको सिर्जनामाथि पुण्य गर्न नसकुँला कि भनेर आफ्ना गीतहरूमात्र गाउँछु ।
कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
विचार विमोचन, साहित्य लेखन र सञ्चार कर्ममा सक्रिय हुँदै गर्दा आत्मामा अनौठा तरंगहरूले विस्फोटको बाटो खोजिरहे । म कसैबाट प्रभावित भएर वा कोही जस्तो बन्छु भनेर यो क्षेत्रमा लागेको होइन । साहित्य लेख्दा रुनु र हाँस्नु स्वाभाविक मानिन्छ । हाँसो र आँसुको नियमित आकस्मिकताको द्वन्द्वबाट राम्रो गीतको सिर्जना हुन्छ । अनि, आफूले लेखेको गीतलाई अभिभावकत्व प्रदान गर्न संगीत भर्छु । श्रोताहरूले मैले लेखेका शब्दहरू मर्मस्पर्शी र मैले भरेको संगीतले दिल छुन्छ भन्नुहुन्छ । श्रोताहरूको त्यही माया र प्रेरणाले म यो क्षेत्रमा लागेको हुँ ।
कस्तो छ संगीत क्षेत्र, कत्तिको गाह्रो, सजिलो छ ?
स्थापित हुन जुनसुकै क्षेत्रमा पनि संघर्ष गर्नुपर्छ । डार्विनको नियमले ‘बाँच्नका लागि संघर्ष’ भनेझैँ सफल हुन मिहिनेत गर्नैपर्छ । तर पनि अरू क्षेत्रभन्दा संगीत क्षेत्र बाहिर देखिने दुनियाँभन्दा अर्कै छ । लाखौं मानिसहरूका करोडौं सपनाहरूबीचको जुवा खेलाइ हो । हजारौं मानिसहरूको मिहिनेतले सयौं मानिसहरूको भाग्य बदल्ने सम्भावनाहरूको मञ्च हो संगीत क्षेत्र । तसर्थ, गाह्रोबीच रमाइलो छ ।
साहित्यमा पनि कलम चलाउँदै आउनुभएको पाइन्छ नि ?
२०६७ सालमा मेरो पहिलो गजलसंग्रह ‘मोडिएका पाइलाहरू’ प्रकाशित भयो । त्यसपछि म निरन्तर साहित्य लेखनमै सक्रिय छु । त्यस्तै, २०६९ सालमा ‘कुसुम चरित’ खण्डकाव्य, २०७० मा ‘परी सुत्ने देश’ कवितासंग्रह, २०७४ मा ‘विन्दु’ नाटक, २०७६ मा ‘मीठो बोली’ बालकथा संग्रह भयो । नाटक ‘मैना-मंगल’, बाल उपन्यास ‘शीतको नदी सुनको बगर’, ‘अनिल नेपालीका चर्चित बालकथाहरू’, ‘शतभिषा’ कथासंग्रह र ‘उत्तरफाल्गुनीको गीत’ उपन्यासलगायतका पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् । यो अवधिमा करिब दुई सयजति कथा र बालकथा लेखेँ । ती सबैलाई संग्रहका रूपमा प्रकाशित गर्ने प्रयासमा छु ।
विशेषतः आफूलाई के भन्न रुचाउनुहुन्छ ?
म आफूलाई सगौरव नेपाली नागरिक भन्न रुचाउँछु । नेपाली नागरिकको पहिचान हुनु शौभाग्य मान्छु । तर, मानिसको कर्मले उसको सामाजिक जीवनको अस्तित्व र पहिचान निर्धारण गर्दछ । म विगत एक दशकभन्दा बढी समयदेखि साहित्य, कला र सञ्चार क्षेत्रमा सक्रिय हुँदै आएको छु । अझैसम्म म आफ्नो पहिचानमा दाबी गर्न योग्य भइसकेको छु जस्तो लाग्दैन । यद्यपि म आफूलाई संगीतप्रेमी लेखक भन्न रुचाउँछु । साहित्य र संगीत दुवै क्षेत्रमा मेरो निरन्तर सक्रियता रहनेछ ।
तपाईंको लेखनको विशेषता के हो ? तपाईं कसका लागि गीत लेख्नुहुन्छ ?
विभिन्न समय, परिवेश र परिस्थितिमा मसँग भेटिएका पात्रहरू र तिनीहरूको चरित्रबाट जसरी पनि प्रभावित भएर म साहित्य लेख्ने गर्छु । मेरो साहित्यमा ती पात्रहरू र तिनको चरित्र जसरी पनि जोडिन्छ । खास घटना जोडिन्छ । जीवन र जगत्का मानवीय भोगाइ र चरित्र, आवेग र धैर्यता जोडिन्छ प्रेम, बिछोड र वासना जोडिन्छ । कामना र धोका, वेदना र आनन्द, हाँसो र रोदन, सहानुभूति र अनुभूति, पाप र पुण्य, अस्तित्व र अन्त्य, अभिनय र सच्चाइ सबै जोडिन्छ । तसर्थ, कुनै पनि गीतको सिर्जना गर्नुअघि म त्यस विषयवस्तुलाई चौतर्फी चेतनाको आनन्दबाट साहित्यका रूपमा कथा लेख्ने गर्छु । अनि मात्र गीत लेखन र संगीत भर्ने गर्छु । अन्त्यमा, कुनै पनि विषयवस्तुलाई साहित्यमा कथाका रूपमा पढ्दा, कविताका रूपमा अनुभूति गर्दा र गीत/संगीतबाट सुन्दामात्र सर्जकले उठाउन खोजेको विषयवस्तुको गहिराइमा पुग्न सकिन्छ भनेर म गीत लेख्छु ।
लेखनका लागि कुनै त्यस्तो विशेष समय छ कि अर्थात् कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
लेखनमा त्यस्तो कुनै खास समय भन्ने हुँदैन । लेखन र सिर्जनालाई हामीले कुनै खास समयको सीमाभित्र कैद ग¥यौँ भने त्यो जबर्जस्त हुन्छ । त्यसैले, लेख्नुभन्दा पहिला म मानसिकरूपमा तयार हुन्छु । त्यसपछि जुनसुकै स्थान र समयमा पनि लेख्नका लागि तयार हुन्छु । साँझ-बिहान भयो भने सबैभन्दा सहज महसुस हुन्छ ।
नेपाली गीत-संगीतमा अहिले के-कस्तो परिवर्तन भएको छ ?
पछिल्लो समय नेपाली गीत-संगीतका लागि सुनौलो समय हो । गीत/संगीतमा लगानी र सिर्जनाका आधारमा सबैभन्दा धेरै प्रतिस्पर्धा हुने गर्छ । सामाजिक सञ्जाल र प्रविधिका कारण नेपाली गीत/संगीतको बजारको दायरा पनि फराकिलो भएको छ । खुसीको कुरा लगानी र सिर्जनामा प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धाले गुणस्तर बढ्छ । पछिल्लो पुस्ता चर्चाका लागि सिर्जना गर्न तल्लीन भए पनि प्रतिस्पर्धात्मक सिर्जना गर्ने क्षमतावान् सर्जकहरू पनि नयाँ पुस्तामा हुनुहुन्छ । हामीले समयअनुसार गीत/संगीत सिर्जना गरे पनि मौलिकता र सर्जकको धर्म मार्नुहुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच