नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा १०३ युनिट रगत संकलन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ । स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो।

कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्य कर्मि संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञवालीले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन् । रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो ।’ रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट रगत संकलन भएको बताउनु भयो ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष वालकृष्ण कँडेलको अध्यक्षता नेपाल टेड युनियन काग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपमहासचिव गणेश भण्डारी, नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलवासे, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री, स्वयमसेबी रक्तदाता संघका केन्द्रिय महासचिब कृष्ण चौहान, नेपाल टेड युनियन काग्रेसका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपमहासचिब नेत्र बहादुर राना लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो।

रक्तदान कार्यक्रमका संयोजक भिम ज्ञवालीको स्वागत र स्वास्थ्यकर्मी संघ रुपन्देहीका सचिब नन्दाराम पौडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?