काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले आठ स्वर्ण, दुई रजत र तीन कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
चार स्वर्ण, एक रजत र एक कांस्यसाथ काठमाडौं महानगरपालिका दोस्रो भयो । तेस्रो स्थानको महालक्ष्मी नगरपालिकाले दुई स्वर्ण, एक रजत र दुई कांस्य हात पार्यो । १८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समान १-१ स्वर्ण जित्यो ।
प्रतियोगिताको पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली तथा महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जन लगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । चाङगाथलीस्थित हाम्रो पाठशालामा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच