काठमाडौं । पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्दै गएको छ । यो वर्षको कुरा गर्ने हो भने पनि काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष सूचीमा छ । यस्तो हुनुको मुख्य कारण डढेलो, वन फडानी, सवारी साधनको धुवाँ लगायत हुन् ।
वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्ने लगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा कामबिना बाहिर निस्कनु हुँदैन ।
वायु प्रदूषण बढ्नुका मुख्य कारणहरू
– अत्यधिक सवारी साधनको प्रयोग
– पुराना सवारी साधन विस्थापित गर्न नसक्नु
– सवारीका धुवाँ धुलोलाई नियन्त्रण नगरिनु
– जथाभावी फोहोरमैला फाल्नु
– मानव बस्ती नजिकै कलकारखाना हुनु
– कीटनाशक औषधिको प्रयोग बढ्नु
– बढ्दो सहरीकरण
– आगलागीका घटना बढ्नु
वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू
– घाँटीको क्यान्सर
– एलर्जी हुने
– फोक्सोमा प्रत्यक्ष असर
– रुघाखोकी लाग्ने
– आँखामा असर, आँखा पोल्ने, चिलाउने
– निमोनिया
वायु प्रदूषणबाट बच्न के गर्ने ?
– मानव बस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने,
– व्यवस्थित सहरीकरणको विकास गर्ने,
– बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने,
–पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने,
– ढल निकासको उचित व्यवस्था गर्ने,
– इन्धनको रूपमा प्रयोगमा जोड दिँदै दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने,
– कुनै समस्या भएमा तातो पानीको सेवन मात्र गर्ने,
– वनजंगल फडानी नगर्ने र वृक्षारोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने,
– सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध गर्ने,
– बाहिर हिँड्दा धेरै बाहीरका खानाहरु नखाने,
– पुरा शरीर ढाक्ने खालका कपडा लगाएर हिड्ने,
– बाहिर हिँड्दा छाताको प्रयोग गर्नु राम्रो हुन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच