काठमाडौं । देशभर गर्मी बढेको छ । यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ।
गर्मी मौसममा धेरै पसिना आउँछ। यसरी पसिना अत्यधिक आउने हुँदा कीटाणुको सङ्क्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छन् ।
बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन । तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् । नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन।
गर्मीमा छाला कसरी जोगाउने ?
- नुहाएपछि नरिवलको तेल लगाउने ।
- अनुहार धोएपछि मोस्चराइजर लगाउने ।
- बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने ।
- गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने ।
- हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने ।
- नियमित मोस्चराइजर लगाउने । जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने ।
- छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।
- सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने ।
- छालामा समस्या देखिए छाला रोग विशेषज्ञसँग परामर्श लिने ।
- राति सुत्ने वेला मुख धोएर सधैँ मोस्चराइजर लगाउने ।
- पर्याप्त पानी पिउने ।
- खानपानमा विशेष ध्यान दिने । मौसमी फलफूल खाने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच