रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो, सडक खुलाउन समस्या

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका-५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोको कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजोराति ११ बजेदेखि अवरुद्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?