९ किलोग्राम चरेससहित बैतडीका दुई जना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका ४ भटनाका दुई जना चरेससहित दार्चुलाको पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका नायलबाट मंगलवार बिहान करिव ९ किलोग्राम चरेशसहित दुई जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–९ नायलबाट ८ किलो ८५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको सिंहले बताउनुभयो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ ।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?