सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दी आइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको ज्यान गएको हो ।
राति ८ः५० बजेतिर मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चालक लडिरहेको देखेपछि एक जना स्थानीय अटो चालकले लडिरहेका व्यक्तिलाई उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल ल्याए ।
अस्पताल ल्याएपछि चेकजाँचका क्रममा मोटरसाइकलका चालक चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले बताए ।
इन्स्पेक्टर केसीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । लालबन्दी क्षेत्रमा अहिले रेल्वे ट्रयाक निर्माणको काम धमाधम चलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच