भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

-मन्‍जु मैनाली

हेटौंडा । वैशाख २४ गते सोमबार बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गते बसेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा उल्लेख छ ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा बैठकले प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?