हालै भूकम्प र पुनर्निर्माण सम्बन्धी पुस्तक प्रकाशित भएको छ ‘गोरखा भूकम्प पुनर्निण र म’ शीर्षकमा । यस पुस्तकका लेखक हुनुहुन्छ इन्जिनियर गणेशराज वस्ती । उहाँले आफू प्राविधिक लाइनको मानिस भएर पनि साहित्यका क्षेत्रमा पनि कलम चलाउनुभएको छ । उहाँका विधिन्न विधाका पाँचवटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् भने साहित्यइतरका पुस्तक सातवटा प्रकाशित भइसकेका छन् । वस्तीबाट एक दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । विसं १९९० सालपछिको अहिलेसम्म्कै सबैभन्दा ठूलो भूकम्प २०७२ साल वैशाख १२ गते शनिबार दिनको १२ बजे गएको थियो ।
यो नेपाली लेखन क्षेत्रमा एउटा उपयोगी पुस्तकका रूपमा आएको छ । भूकम्पबारे जानकारी तथा सावधानीका लागि अध्ययन गर्नैपर्ने खालको पुस्तक छ । यस्तो उपयोगी पुस्तकका लेखक वस्तीलाई बधाई तथा पुस्तकको सफलताको हार्दिक शुभकामना ।
१९९० सालको भूकम्पका भोक्ताहरू अब कमैमात्र जीवित भएका कारण त्यो विस्मृत इतिहास भइसकेको छ । त्यसबेला प्रविधिको राम्ररी विकास भइनसकेकाले त्यसको तथ्यतथ्यांकहरू धेरै उपलब्ध छैनन् तर अहिलेभन्दा नौ वर्ष पहिलेको २०७२ सालको भूकम्प सबैका मानसपटलमा ताजै छ । भूकम्पले एक मिनेटभित्र १० हजारको ज्यान लिएको थियो, त्यसभन्दा धेरै सङ्ख्यामा घाइते बनाएर गएको थियो । घर, दरबार र अनेकौं मानवनिर्मित संरचना ध्वस्त पारेको यस भूकम्पबारे धेरै पुस्तकहरू लेखिएका छन् । तीमध्ये कति साहित्यका माध्यमबाट लेखिएका छन् भने कति चाहिँ गैरसाहित्यिक पनि छन् ।
एकजना इन्जिनियरका कलमबाट लेखिएको पुस्तकको नाम हो ‘गोरखा भूकम्प पुनर्निर्माण र म’ । गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले त्यसपूर्वका गोरखा, धादिङ, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, ओखलढुङ्गासम्म मानवीय क्षति भएको थियो भने ती ठाउँहरूमा ठूलो भौतिक क्षतिसमेत गरेको थियो । यही विषयमा र आफू इन्जिनियर भएका नाताले पुनर्निर्माण कार्यका आफ्नो संलग्नतासमेत देखाएर इन्जिनियर वस्तीबाट लेखिएको पुस्तक हो । यो पुस्तक अपसेट बुकहाउस मनमैजु काठमाडौंले प्रकाशन गरेको छ र १५०० को सङ्ख्यामा प्रकाशित भएको यस पुस्तकको पहिलो संस्करण २०८० सालमा आएको छ भने पुस्तक डिएमआई साइजमा छापिएको छ ।
सेतो तौलयुक्त, कागजमा छापिएको यस पुस्तकको छपाइ स्तरीय छ, अशुद्धिहरू कमै भेटिन्छन् । भूमिका खण्डमा १६ र पाठ्य खण्डमा २४८ गरी पुस्तकमा जम्मा २६४ पृष्ठ छन् । पुस्तकको मूल्य ६०० रुपैयाँ छ । सोपान प्रेस प्रा.लि. कालिकास्थान काठमाडौंमा मुद्रण भएको यस पुस्तकको आवरण तथा लेआउट सन्तोष भट्टबाट तयार भएको छ । आवरण सुन्दर छ । माथि नीलो आकाश, बादल र तल २०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकको नवनिर्मित बस्ती तथा काठमाडौंको तत्कालीन धरहराको भग्न अवशेष राखिएको छ । माथि ठूलो अक्षरको पुस्तकको शीर्षकमुनि लेखकको नाम दिइएको छ ।
पृष्ठ आवरणमा लेखक वस्तीको फोटोसहित सङ्क्षिप्त चिनारी दिइएको छ । जसअनुसार वस्ती २०२४ सालमा लाङ्दी, सिरानचोक गोरखामा जीवप्रसाद वस्ती र पुनमाया वस्तीका छोराका रूपमा जन्मिनुभएको उल्लेख गरिएको छ । एमपिए, एमएससीलगायत स्वदेश र विदेशका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्नुभएका वस्ती हाल गण्डकी प्रदेशको जलस्रोत तथा खानेपानी मन्त्रालयमा प्रदेश सचिवका रूपमा कार्यरहनुभएको जनाइएको छ । उहाँका गैरसाहित्यका सात र साहित्यका पाँचवटा पुस्तकहरू प्रकाशित भएको जानकारी पनि त्यही पृष्ठमा दिएको छ । वस्तीले स्वदेशका ७७ वटै जिल्ला र विदेशका एक दर्जन जति देशहरूको भ्रमण गर्नुभएको छ । पृष्ठ आवरणको तल प्रकाशक संस्था अपसेट बुक हाउसको नाम दिइएको छ ।
पुस्तकको भूमिका खण्डमा लेखकले फोटोसहित आफ्ना स्वर्गीय पितामा पुस्तक समर्पण गर्नुभएको छ भने प्रतीक ढकालको ‘कुरूप समयको सुन्दर अभिलेखीकरण’ शीर्षककमा भूमिका र लेखकको ‘लेखकीय’ रहेका छन् । त्यसपछि विषयसूची छन् । पुस्तकमा ३१ वटा लेख छन् । २०७२ सालको भूकम्पसम्बन्धी विभिन्न जानकारीमूलक यी लेखहरू एकदेखि सात शब्दसम्मको शीर्षकमा र चारदेखि २५ पृष्ठसम्मको फैलावटमा छन् । अन्तिममा उहाँको संलग्नतामा निर्माण गरिएका केही संरचनाहरूको फोटा दिइएका छन् ।
यो पुस्तक भूकम्पसम्बन्धी जानकारी राख्न चाहनेहरूका लागि अति उपयोगी छ । भूकम्पसम्बन्धी जानकारी, प्राधिकरणको स्थापना, त्यसपछिका संरचना निर्माण, कर्मचारी नियुक्ति, सरुवा, बढुवा, काम गर्दाको समन्वयलगायतका कार्यमा लेखकको संलग्नता तथा अब भूकम्पका लागि के गर्नुपर्छ भन्ने सुझावसमेत दिइएको छ । यो एउटा उपयोगी पुस्तकका रूपमा आएको छ । भूकम्पबारे जानकारी तथा सावधानीका लागि यो अध्ययन गर्नैपर्ने खालको छ । यस्तो उपयोगी पुस्तकका लेखक वस्तीलाई बधाई तथा पुस्तकको सफलताको हार्दिक शुभकामना । यसका साथै आगामी दिनहरूमा उहाँबाट यस्ता उपयोगी पुस्तकहरू आउन सकून् अग्रीम शुभकामन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच