चितवनमा बस्तीबाटै बाघ नियन्त्रण

हिमालय टाइम्स
Read Time = 2 mins

-होमनाथ सापकोटा

चितवन । चितवनमा निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरेको बाघ गयराती नियन्त्रणमा लिइएको छ ।

पश्चिम चितवनको मेघौली क्षेत्रमा विगत केही दिन देखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर घर पालुवा जनावरलाई आक्रमण गर्ने गरेको बाघलाई मंगलबार नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रक प्राविधिकहरूको टोलीले बाघलाई पछ्याउदै जाँदा मकैबारीमा लुकेको अवस्थामा राती डार्ट गरी नियन्त्रणमा लिइएको हो । सो बाघलाई अहिले कसरा स्थित खोरमा राखिएको छ ।

बाघले विगत तीन दिनको अन्तरालमा भरतपुर २८ को सानो भरतपुर गाउँ र अन्द्रौलीमा गरी ६ वटा बाख्रा मारेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विशाल कुमालले जानकारी दिनुभयो ।

तीन दिनको अथक प्रयास पछि भरतपुर-२८ अन्द्रौली र गोलाघाट गाउँमा पोथी बाघ नियन्त्रण गर्न सफल भएको उहाँले बताउनु भयो ।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएको बाघ साढे दुई वर्षको हो । डा श्रेष्ठले आमाबाट छुट्टिने बेलामा ठुला जनावर आक्रमण गर्न नसक्दा सो बाघ मानव बस्तीमा प्रवेश गरि आतङ्क मच्चाउदै आएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?