काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्नुभएको छ ।
मुख्यमन्त्री अधिकारीले प्रदेशको राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन आग्रह गर्नुभएकाे छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव पेस गर्नुभएको हो। मुख्यमन्त्री अधिकारीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरू भएको छ ।
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकी प्रदेशको राजनीतिक स्थायित्व कायम गर्न मलाई मत दिनुस्।"
गएको चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आउँदो सोमबारसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
त्यसको एक दिनअघि नै आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
उहाँलाई नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेले समर्थन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच