सिटीले म्याड्रिडलाई हरायो

MANCHESTER, ENGLAND - APRIL 26: Kevin De Bruyne of Manchester City celebrates scoring their 1st goal with Phil Foden of Manchester City during the UEFA Champions League Semi Final Leg One match between Manchester City and Real Madrid at City of Manchester Stadium on April 26, 2022 in Manchester, United Kingdom. (Photo by Marc Atkins/Getty Images)

Read Time = 4 mins

लन्डन । च्याम्पियन्स लिगअन्तर्गतको बहुप्रतिक्षित खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरेको छ । सेमिफाइनल चरणको पहिलो लिगमा घरेलु मैदान इतिहाद रंगशालामा सिटीले म्याड्रिडमाथि चार/तीनको रोमाञ्चक जित हात पारेको हो ।

सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक/एक गोल गर्नुभयो । रियलका लागि फरवार्ड करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल फर्काउनुभयो ।

खेलको दोस्रो मिनेटमा नै डे ब्रुएनको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको १० मिनेट नबित्दै जेससले सिटीको अग्रता दोब्बर पार्नुभयो । बेन्जेमाले ३३औँ मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत गर्नुभयो ।

तर, दोस्रो हाफको सुरुवातमा फोडेनले गोल गर्दै सिटीलाई फेरि दुई गोलको अग्रता दिलाउनुभयो । तर, भिनिसियसले त्यसको दुई मिनेटमा रियलका तर्फबाट एक गोल फर्काउनुभयो । ७४औँ मिनेटमा सिटीले सिल्भाको गोलमा चार/दुईको अग्रता बनाएको थियो ।

तर, खेलको अन्त्यतिर बेन्जेमाले पेनाल्टीमार्फत् एक गोल फर्काउनुभएको थियो । सिटीका डिफेन्डर एमेरिक लापोर्टले पेनाल्टी क्षेत्रभित्र हृयान्ड गरेपछि प्राप्त पेनाल्टीमा उहाँ चुक्नुभएन । अब दोस्रो लिग अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

खेलमार्फत् बेन्जेमाले रियलको जर्सीमा ६०० खेलको आँकडा पूरा गर्नुभएको छ । उहाँले रियलका अर्का लेजेन्ड पाको जेन्टोको ६०० खेलको कीर्तिमानलाई बराबरी गर्नुभएको हो । उहाँले कीर्तिमानी खेलमा दुई गोल थप्दै खेललाई अविस्मरणीय बनाउनुभयो । यो सिजनमा उहाँले ४१ खेलमा आफ्नो गोलसंख्या ४१ पुर्‍याउनुभएको छ ।

सिटीविरुद्धको दुई गोलसँगै उहाँ यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा उक्लिनुभएको छ । च्याम्पियन्स लिगमा बेन्जेमाले आफ्नो गोलसंख्या १४ पुर्‍याउनुभएको छ । बेन्जेमाले प्रि-क्वाटरफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध तीन गोल, क्वाटरफाइनलमा चेल्सीविरुद्ध चार गोल र सेमिफाइनलमा सिटीविरुद्ध दुई गोल गरिसक्नुभएको छ ।

यो ४१ गोलसँगै बेन्जेमा रियल म्याड्रिडको इतिहासमा क्रिस्टियानो रोनाल्डो, फेरेन्क पुस्कास, अल्फ्रेडो डि स्टेफानो र हृयुगो सान्चेजपछि एकै सिजनमा ४० गोलको आँकडा पूरा गर्ने पाँचौँ खेलाडी बन्नुभएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?