काठमाडौं । सेयर बजार १५.५४ अंक बढेर २१३१ अंकमा पुगेको छ भने साढे पाँच अर्बभन्दा बढी अर्थात् पाँच अर्ब ६८ करोड सेयर कारोबार भएको छ । अघिल्लो दिन मंगलबार पाँच अर्ब २० करोडको कारोबार भएको थियो । बुधबार तीन सय १८ कम्पनीको सेयर कारोबार भएकोमा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ६१ कम्पनीको सेयर मूल्य भने घटेको छ । पाँचवटाको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन सबैभन्दा धेरै बैंकिङ समूहको ४.२३ प्रतिशत बढेको छ भने विकास बैंक ०.३३, होटल तथा पर्यटनको १.९० प्रतिशत बढेको छ । व्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बिमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बिमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटेका छन् ।
सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ भने एनएमबी बैंक ८.४, कृषि विकास बैंक ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढेको छ । मानुषी लघुवित्त ८, मध्यभोटेकोशी ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच