भोजपुर । डेरा गरेर बसेको घरमा आगलागी हुँदा सवै सामाग्री गुमाएका प्रहरी कर्मचारीलाई आर्थिक सहयोग गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरे निवासी भरत कार्कीको घरमा गत बैशाख ११ गते बिहान आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सुनिल ऋसिदेव र प्रहरी जवान अस्मिता राईको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको थियो ।
आगलागीबाट पीडित बनेका प्रहरी कर्मचारीलाई जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुबाट संकलन भएको रकम सहयोग गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो । आगलागी पीडित कर्मचारीलाई आइतवार जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले संकलित ४३ हजार सात सय ५० रुपैया सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
प्रहरी प्रमुख पाठकले भन्नुभयो, “आगलागीबाट डेरासहित सम्पूर्ण सामाग्री गुमाएका प्रहरी कर्मचारीलाई थौरै भएपनि सहयोग मिलेको छ, यसका लागि सवै प्रहरी कर्मचारीलाई धन्यवाद दिन्छु ।” आगलागीबाट कार्कीको १० कोठे घर र डेरा गरी बस्ने परिवारहरुको सामाग्रीहरु जलेर नष्ट हुदाँ करिव ४२ लाख वरावरको क्षति भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच