नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्ने पूर्व-पश्चिम हुलाकी राजमार्गको अपेक्षित विकास हुन नसकेका कारण पनि हाम्रो देशको समुचित विकास हुन सकेन । पञ्चायती व्यवस्थाको ३० वर्षमा यसको उपेक्षा भयो । हुलाकी राजमार्गको स्तरोन्नति र पक्कीकरण गर्नु त टाढाको कुरा पञ्चायत सरकारले यसको अस्तित्व नै नामेट गर्न हरसम्भव प्रयास गर्यो । हराभरा जंगललाई विनाश गरेर महेन्द्र राजमार्गको निर्माण गरियो तथा जथाभावी आप्रवासनलाई प्राथमिकता दिने काम भयो । अब पूर्व-पश्चिम राजमार्ग पनि आफ्नो भूमिकाको निर्वाह राम्ररी नै गरिरहेको छ तसर्थ यसको महत्व पनि छ । दक्षिण छिमेकी भारतको आर्थिक सहयोग र हाम्रो सरकारको लगानीमा समेत यो पूर्व-पश्चिम हुलाकी राजमार्गको निर्माण भइरहेको छ ।
निर्माण कार्य थालिएको सत्र वर्ष भइसक्दा पनि यसले पूर्णता पाउन सकेको छैन । तराई-मधेसका किसान व्यापारीको निम्ति लाइफलाइन मानिएको यो हुलाकी सडकको विकासबाट नै नेपालको कृषि र औद्योगिक विकास सम्भव छ । अहिलेको जस्तो पूर्णरूपमा बस्ती विकास नभइसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौं पहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो । चिठीपत्र बोक्ने हुलाकी हिँड्नलाई एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्सांकन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो । जंगल, झाडी, पर्ती, बुट्यानमा बनाएको हुलाकी सडक यात्रुको मागसँगै बिस्तारै फराकिलो हुँदै गयो ।
राष्ट्रपति चुरे संरक्षण अभियान राम्रो थालनी हो तर वन विनाश रोकिएन भने यसको कुनै अर्थ रहँदैन । यसले देशमा पूर्व–पश्चिम राजमार्ग, लोक पहाडी मध्यमार्ग पनि अस्तित्वमा रहेका छन् तर हुलाकी राजमार्गको आफ्नो विशिष्ट महत्व छ ।
बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरू पक्की सडकमा परिणत भए भने अधिकांश अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन् । कतिपय ठाउँका सडक न त पक्की नै बनेका छन् न त अस्तित्व नै समाप्त भएको छ । तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी राजमार्गलाई पदमरोड पनि भनिन्छ । हुलाकी सडक आज पनि कतिपय जिल्लामा निरन्तर रूपमा प्रयोगमा आइरहेको छ । अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिकाको निर्वाह गरिहेको छ । तराईका जिल्लामा जुन ठाउँमा हुलाकी सडकको निर्माण भएको छ, त्यहाँका जनताको अनुहारमा खुसियाली हेर्न सकिन्छ, आवश्यक हेरचाह, मरम्मत एवं निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्वसमेत गुमाउने छ ।
हुलाकी सडकको विकासका नाममा नेपाल सरकारद्वारा छुट्याउने बजेट साह्रै न्यून हुने गरेका कारण यसको उपयोग कहाँ, कति र कसरी गर्ने ? भन्ने प्रश्न प्राविधिक सामु उठ्ने गर्दथ्यो । कतिपय कारणले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको अवस्थामा यसले राष्ट्र र जनताका आवश्यकतालाई सजिलै पूर्ति गर्ने अवस्था रहेको हुन्छ । स्थानीय किसानहरू विगतका दिनमा सीमावर्ती भारतीय बजारमा पनि आफनो उत्पादनलाई विक्री गर्ने गर्दथे अहिले पनि यस्तो गर्न सक्दछन् । यसबाट मुलुकको आर्थिक विकासमा टेवा पनि मिल्न सक्दछ ।
कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग छैन । विगतमा हुलाकी सडकको विकासमा ध्यान केन्द्रित भएन र अवरुद्ध भयो, यसले मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनाउने काम ग¥यो । जंगलको मध्यभाग भएर राजमार्गको निर्माण भएका कारण यसले एकातिर वन विनाशलाई प्रोत्साहन गर्यो भने अर्कोतिर भूस्खलन भई नदीनालाहरूका उब्जाउ मलिलो माटोको सट्टा बालुवा नै कृषियोग्य जग्गालाई पुरिने गरेको छ, यसले गर्दा कृषि उत्पादनमा ह्रास आउनुका साथै तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदैछन् । राष्ट्रपति चुरे संरक्षण अभियान राम्रो थालनी हो तर वन विनाश रोकिएन भने यसको कुनै अर्थ रहँदैन । यसले देशमा पूर्व-पश्चिम राजमार्ग, लोक पहाडी मध्यमार्ग पनि अस्तित्वमा रहेका छन् तर हुलाकी राजमार्गको आफ्नो विशिष्ट महत्व छ ।
पञ्चायती व्यवस्थाको ३० वर्षमा हुलाकी सडकको विकास भएन । देशमा प्रजातन्त्रको पुनः स्थापना पश्चात दक्षिणी छिमेकी भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको नेपाल भ्रमणका क्रममा हुलाकी सडको निर्माणका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । भारतीय प्रतिबद्धताकै आधारमा तात्कालीन सरकारले यसको निर्माण गर्ने सक्रियता देखायो । कतिपय कारणले हुलाकी सडकको निर्माण कार्यले गति लिन सकेन । २०६२/०६३ को परिवर्तनपछि भारतीय पक्षले नेपाल सरकारबाट छनौट भएका झण्डै डेढ हजार किलोमिटर सडकहरूको डिजाइन, सुपरिवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी हुलाकी राजमार्ग बनाउने सम्झौता गरेको थियो । त्यसबापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, बिजुलीका पोल र रूखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने प्रावधानसहितको योजना बनेको थियो ।
हुलाकी सडकको निर्माणबाट सर्वाधिक लाभ तराईका किसानलाई हुनेछ । नेपाली किसानले आफ्नो उत्पादनलाई बजारसम्म पु¥याउन एउटा समुचित सडक मार्गको खोजीमा व्यग्र थिए । उनीहरूको यस आवश्यकताको पूर्ति हुलाकी सडकबाट हुने निश्चित छ । नेपाली किसानहरूले आफ्नो कृषि उत्पादनलाई स्थानीय बजारसम्म लान सक्नेछन् ।
वि.सं.२०६८/०६९ मा देशभरिका महत्वपूर्ण १७ वटा अयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा वर्गीकरण गरियो । तराई मधेशमा निर्वाध आवागमन हुने र सामाजिक तथा आर्थिक गतिविधिमा विस्तार हुने उद्देश्यले हुलाकी सडकलाई राजमार्गको रूपमा परिणत गरिँदै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिनुपर्ने हुन्छ तर पनि हुलाकी सडकमा त्यति ध्यान पुग्न सकेन ।
तराई मधेसका २१ जिल्ला हुँदै बन्ने यो सडकले यहाँका झण्डै एक करोड जनता लाभान्वित हुनेछन् । हुलाकी राजमार्ग अन्तर्गत पूर्वदेखि पश्चिमतर्फको लम्बाइ ९७५ किलोमिटर र उत्तरदेखि दक्षिण जोडने विभिन्न ३५ वटा सहायक सडकहरूको लम्बाइ ८८२ किलोमिटर रहेको छ । दुई वर्षअघि नेपालका लागि भारतका तात्कालीन राजदूतले भारत सरकारको आर्थिक अनुदानमा निर्मित हुलाकी सडक खण्ड अन्तर्गतको १४ वटा प्याकेजमध्ये १३ प्याकेजको सडक निर्माण कार्य सम्पन्न भएपछि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति सन्दर्भमा भारत-नेपालबीच सहबमति भए अनुरूप नै यो काम सम्पन्न भएको हो ।
यसरी निर्माण सम्पन्न भई हस्तान्तरण गरिएका हुलाकी सडक अन्तर्गतका मनमत-कलैया-मटिअर्वा बारा, वीरेन्द्र बजार-यदुकहा-महिनाथपुर, जनकपुर-यदुकहा, धनुषा, माईस्थान-गौशालाबजार-सम्सी महोत्तरी, जलेश्वर-हर्दी, महोत्तरी, लमही-कोइलाबास दाङ, कानेपोखरी-रंगेली मोरङ, कल्याणपुर-बरसाइन-सुभानपट्टी सप्तरी, तामागढी-सिमरौनगढ बारा र वीरगञ्ज-ठोरी आदि सडक खण्डले कोशी, मधेस र लुम्बिनी प्रदेशका सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकले झण्डै तीन सय वडा झण्डै डेढ सय गाउँ, १८-१८ वटा गाउँपालिका- नगरपालिका र १ महानगरपालिकाका जनतालाई जोड्न सघाउ पुर्याइरहेको छ । नेपालको आर्थिक विकासमा यी सडक खण्डहरू कोशेढुंगा सावित हुने निश्चित छ ।
हुलाकी सडकको निर्माणबाट सर्वाधिक लाभ तराईका किसानलाई हुनेछ । नेपाली किसानले आफ्नो उत्पादनलाई बजारसम्म पु¥याउन एउटा समुचित सडक मार्गको खोजीमा व्यग्र थिए । उनीहरूको यस आवश्यकताको पूर्ति हुलाकी सडकवाट हुने निश्चित छ । नेपाली किसानहरूले आफ्नो कृषि उत्पादनलाई स्थानीय बजार जिल्ला सदरमुकामहरू, राष्ट्रिय राजधानी काठमाडौं र सीमावर्ती भारतीय बजारमा पनि सजिलै बिक्री गरी पैसा कमाउन सक्नेछन् । हुलाकी सडकको निर्माणमा देखिएको ढिलासुस्तीलाई अन्त्य गरी यसको द्रुत निर्माण आवश्यक छ यो हाम्रो आर्थिक विकासमा सहयोगी सावित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच