एमाले भोजपुरको अध्यक्षता मक्करसहितको टिम विजयी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नवौं जिल्ला अधिवेशनबाट नेकपा (एमाले) भोजपुरको अध्यक्षमा मक्कर खड्कासहितको टिम विजयी भएको छ । सर्वसम्मत हुन नसेकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारीहरु टुंगो लगाईएको हो ।

पार्टीअध्यक्षका लागि एउटै समितिका निर्वतमान अध्यक्ष शरण कुमार राई र उपाध्यक्ष खड्का पक्षबीच प्रतिस्पर्धा थियो । निर्वाचनको मत परिणाम अनुसार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले आगामी कार्यकालका लागि नेतृत्व पाएको हो ।

अध्यक्षमा निर्वाचित खड्काले तीन सय १७ मत पाउँदा राईले दुई सय २३ पाउनु भएको थियो । दुवै बीचको मत अन्तर ९४ रहेको छ ।

उपाध्यक्षमा किरण राईले तीन सय ११ मत ल्याउनुभयो भने कृपाशुर शेर्पाले दुई सय १६ भोट पाउनुभयो । यस्तै सचिवमा तीन सय ४७मत ल्याएर एक्सन राई विजयी हुँदा प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले एक सय ६८ मत पाउनुभयो । राई पत्रकार महासंघ भोजपुरका अध्यक्ष पनि हुनुहुन्छ ।

उपसचिवमा तीन सय चारमत ल्याएर दौलथ कुलुङ राई विजयी बन्नुभयो भने जगतबहादुर चौहानको एक सय ७३ मत मात्र पाउनुभयो । अर्का प्रतिस्पर्धी साइती राईको ११ मतमात्र आएको छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट जिल्लाको साल्पासिलिछो गाउँपालिका अध्यक्ष हुनु भएका कुलुङ पुन एमाले फर्कनु भएको हो ।

महिला उपसचिवमा रमादेवी राईले दुई सय ९३ भोट ल्याउँदा मेरिका राईले दुई सय १६ मत ल्याउनुभयो । नयाँ नेतृत्व चयनका लागि छ सय आठ जना प्रतिनिधि छनौट गरिएकोमा पाँच सय ७३ मत खसेको थियो । निर्वाचनबाट प्रदेश मुख्यमन्त्री तथा स्थायी कमिटि सदस्य शेरधन राई पक्षधर विजयी बनेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?