झापा । मोरङमा चिकित्सक कुटेर फरार भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासहित अर्का एक व्यक्ति झापाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ क्षेत्र नम्बर १ का रास्वपा क्षेत्रीय अध्यक्ष ३६ वर्षीय सुमन श्रेष्ठ र ४६ वर्षीय पिपलराज गिरी छन् । उनीहरूलाई भद्रपुर नगरपालिका ४ बाट पक्राउ गरिएको हो । गिरी मंगलबारे युवा क्लब उर्लाबारीका अध्यक्ष रहेको उर्लाबारी प्रहरीले जनाएको छ ।
श्रेष्ठ , गिरी र सानू रोक्काले जेठ ३ गते मोरङ उर्लाबारी नगरपालिका ३ को मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेका मेडिकल अधिकृत डा. ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेका थिए । सो समूहले जेठ ७ गते डा. अनिल यादवलाई कुटपिट गरेको थियोे ।
खाजा खाएर फर्कदै गर्दा डा. बुढाथोकी उनीहरूको आक्रमणमा पर्नु भएको थियोे । आकस्मिक कक्षमा सेवा प्रदान गरिरहेको बेला डा. यादवमाथि हमला भएको थियोे । श्रेष्ठ र गिरी झापाबाट पक्राउ परेपनि रोक्का फरार रहेको जनाएको छ । झापा प्रहरीको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
श्रेष्ठ नेतृत्वको समूहले चिकित्सक कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियोे । पुरानो रिसिइबी साध्न डा। बुढाथोकी माथि आक्रमण भएको हो । डा. यादवलाई आक्रमण गर्नुको कारण खुलेको छैन ।
चिकित्सक माथि कुटपिट भएसँगै ओपिडी सेवा समेत बन्द हरेर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए । अहिले अस्पतालको सेवा सुचारु छ । पक्राउ परेका श्रेष्ठ र गिरीलाई मोरङ लगिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच