इतिहास बुझ्न चलचित्र ​​​​​​​नालापानी हेर्न एमाले नेताहरुको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ऐतिहासिक चलचित्र नालापानी नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा देखाइएको छ । नालापानी हेरेपछि एमाले नेताहरूले यो चलचित्र सबैलाई हेर्न आग्रह गरेका छन् ।

चलचित्र नालापानी साउन १८ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । प्रदर्शन अघि यो चलचित्र विभिन्न दलको नेता र समाजसेवीहरूलाई देखाइने फिल्म निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।

नालापानी हेरेपछि एमाले महासचिव शंकर पोखरेलले नेपाल बचाउन वीर नेपाली सेनाले खेलेको भूमिकाको प्रसंसा गर्नुहुँदै फिल्मले नेपाली इतिहासको त्यही कथालाई बोकेको बताउनुभयो ।

पोखरेलले नालापानीले नेपाली वीरताको गाथा देखाएको बताउँनुहुँदै उक्त फिल्म सबै नेपालीले हेर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अंग्रजेजसँगको भएको युद्धमा नालापानीले महत्त्वपूर्ण ऐतिहासिक यथार्थ देखाएको छ । नेपालको देश भक्ति र राष्ट्रिय भावना राख्नेहरूले यो फिल्म हेर्नै पर्छ ।’

यस्तै एमाले नेता प्रेमनाथ अधिकारीले यस फिल्मले नेपालीहरूको वीरता संसारलाई चिनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस फिल्मले नेपालीहरू संसारमा कहीँ गए पनि झुक्दैनन् भन्ने सन्देश दिएको छ । यो वास्तविकता हो । इतिहास बुझ्न यो चलचित्र सबैले हेर्नु पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?