६ वर्षपछि ‘पाइला’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले ६ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युब च्यानलबाट गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो । व्याण्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रा.लि. (पिभीई नेटवर्क)को प्रस्तुतिमा यो गीत बजारमा ल्याएको हो । व्याण्डले यो गीतसँगै ‘एक्लो जीवन’, ‘पैसा’ र ‘विस्तारै’ बोलको गीत पनि तयार पारेको छ ।
‘पाइला’मा हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ । त्यस्तै ‘एक्लो जीवन’ र ‘विस्तारै’ प्रेम भावका गीत हुन् । ‘पैसा’ मा भने जीवनमा पैसाको महत्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रंग फेर्छ भन्ने अथ्र्याइएको छ ।

व्याण्डमा सन्दीप विश्वकर्मा (भोकलिष्ट), राजीव खड्का र निखिल सिकर्मी (गितार), सजिन महर्जन(बेशिष्ट) र अमूल्य श्रेष्ठ (ड्रम) हुनुहुन्छ । यो व्याण्डले यसै वर्ष नेपाल, भारत र अष्ट्रेलियाको टुर गर्दैछ । नेपालमा यसले आगामी बिहीबार पोखराको किङ्स लाउन्ज, शुक्रबार चितवन गार्डेन रिसोर्ट र शनिबार द कन्सेप्टमा कन्सर्ट गर्दैछ ।

पिभिई नेटवर्कका विकेश कायस्थको नेतृत्वमा रहेको टिमले एक्सिसको कन्सर्टको व्यवस्थापन गर्नेछ । व्याण्डले सन् २००३ मा स्थापना भएको एक्सिसनले सन् २००४ मा ‘ब्ल्याक एण्ड हृवाइट’, सन् २००९ मा दोस्रो एलबम ‘माफ गर’ र सन् २०१७ मा ‘घर गाउँ’ नामक एल्बम सार्वजनिक गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?