भरूवा बन्दुकसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजना भरूवा बन्दुक बिहीबार दिउँसो पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगतबहादुर खत्रीसहित तीन जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?