दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बारा । निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामासमेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामासमेत २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?