![एक-अर्कालाई गलाउने प्रयासमा सत्ता-प्रतिपक्ष](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/House-of-Representatives-Hita-fornt-page.jpg)
काठमाडौं । ललितपुरका विभिन्न ठाउँमा सुनचाँदीका गरगहना र नगद चोरी गरेकाे आराेपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ ।
ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूलाई फरक-फरक दिन र फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई ललितपुर-१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।
गुरुङको घरबाट वैशाख ७ गते देखि ९ गतेको बीचमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच