हुम्लामा ३८ हजार मतपत्र आइपुग्यो

Read Time = 1 min

सिमकोट

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहीबार जिल्लामा आइपुगेको छ ।

दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ ।

३८ हजार मतपत्र बिहीबार जिल्लामा हेलिकप्टरमार्फत पुगेको भने बुधबार मतपेटिका लगायतका निर्वाचन सामाग्री पुगेको हो ।

८५ लिटरका १ सय २८ मतपेटिका समेत हिमाली जिल्ला हुम्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो ।

जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?