मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

Read Time = 2 mins

निरोज कोइराला/हिटा
भोजपुर । बिमाबापतको रकम लिनका लागि प्रक्रिया झन्झटिलो हुन्छ भन्ने गुनासो आइरहँदा नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले भने मृत्यु दाबीबापतको चेक मृतककी आमालाई हस्तान्तरण गरेको छ । जिल्लाको भोजपुर नगरपालिका-१०, भैंसीपंखाका स्वर्गीय चण्डीप्रसाद श्रेष्ठकी आमा सोमकुमारी श्रेष्ठलाई बिमा दाबीबापतको रकम भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर मोक्तानले हस्तान्तरण गर्नुभयो । इन्स्योरेन्सका एजेन्सी मेनेजर खेमराज धमलाको अध्यक्षतामा कार्यक्रम आयोजना गरी सो रकम हस्तान्तरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स उपशाखा भोजपुरका प्रमुख दिपक बस्नेतले जानकारी दिनुभयो ।

मृतक चण्डीप्रसादले २०७६ जेठ महिनामा तीन लाख बराबरको जीवन बिमा गराउनुभएको थियो । बिमा गरेको दुई वर्षमै उहाँको मृत्यु भएको थियो । प्रमुख बस्नेतले बिमा दाबीबापतको तीन लाख १६ हजार ९९६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको बताउनुभयो । कम्पनीको बिमांक तीन लाख र दुई वर्षको बोनस ३७ हजार पाँच सय गरी तीन लाख ३७ हजार पाँच सय पाउनुपर्नेमा एक वर्षको किस्ता तिर्न बाँकी देखिएकाले २० हजार ५०४ रुपैयाँ कटाएर मृत्यु दाबी रकम परिवारलाई हस्तान्तरण गरिएको बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?