विराटनगर । उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत कच्चा पदार्थका रूपमा रहेको विद्युत् आपूर्तिमा विगत केही समययता बिहान र बेलुकी गरी आठ घण्टासम्म बिना पूर्वसूचना भइरहेको विद्युत् अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योग संगठन मोरङले नियमित विद्युत् आपूर्तिको माग गरेको छ ।
केही समययता बिहान र बेलुकी गरी आठ घण्टासम्म पूर्व सूचनाबिना विद्युत् अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योग संगठनले नियमित विद्युत् आपूर्तिको माग गरेको छ ।
अर्थतन्त्रमा सुस्तता छाएको अवस्थामा विद्युत् आपूर्तिमा अवरोध भइदिँदा उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका उद्योगमाथि एकपछि अर्को समस्या थपिरहँदासमेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो नदिँदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान् भरोसाको अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगमा पूर्व सूचनाबिना विद्युत् आपूर्ति बन्द गर्दा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिल मेसिनरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भई अनावश्यक आर्थिक भार वहन गर्नुपरिरहेको भन्दै संगठनले उद्योग व्यवसायको सहज सञ्चालनका लागि विद्युत्को सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरण तथा सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
उधारो व्यवस्थापनका लागि साझा पहल
उधारो समयमै तिरौँ, व्यापारिक सद्भाव कायम राखौँ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका १० जिल्ला/नगर उद्योग वाणिज्य संघले सामूहिक पहल गर्ने सहमति गरेका छन् । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दरहरैंचामा भएको भेलाबाट व्यावसायिक क्षेत्रका लागि उधारो कारोबार चुनौती र समस्याका रूपमा देखिएको भन्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन् ।
सामूहिक भेलापछि जारी छबुँदे सम्झौतामा उधारो कारोबार नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसमक्ष सामूहिक पहल गर्ने, जिल्ला/नगर उद्योग वाणिज्य संघले सम्बन्धित फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशीघ्र फरफारक पार्न हरसम्भव पहल र प्रयत्न गर्ने, आफू सम्बन्धित क्षेत्रका उद्योग वा व्यापारिक पक्षलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सिर्जना गर्ने उल्लेख छ ।
त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य संघलाई पनि पहलमा समावेश गर्दै लैजाने, उद्योग व्यवसायलगायत व्यावसायिक क्षेत्रको प्रवद्र्धन र बृहत्तर हितका मुद्दामा साझा धारणा बनाई कार्य गर्ने र संस्थागत विकास एवं सृदृढीकरणका लागि आपसी अन्तरसंवाद आगामी दिनमा थप घनिभूत बनाउँदै लैजाने विषय समेटिएको छ ।
सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका नवीन रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, सुन्दरहरंैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले हस्ताक्षर गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच