काठमाडौं । पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका छन् । पर्यावरणीय दिगोपनका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रिन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
वातावरणका मुद्दाहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धता पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रिन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीले बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्किल याज वेल याज सेफ्टी एण्ड हेल्थ परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजनाअन्तर्गत आयोजित कार्यस्थलमा आधारित सीप विकास तथा ग्रिन इकोनोमी विषयक कार्यक्रमका सहभागीको हरित वृद्धि अभ्यास अँगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने कुरा सबैलाई बुुझाउनुपर्ने सुुझाव थियो ।
हरित वृद्धिका अभ्यास अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरसमेत सिर्जना हुने सहभागी विज्ञहरूले बताएका छन् ।
हरित वृद्धिका अभ्यास अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरसमेत सिर्जना हुने सहभागी विज्ञहरूले बताए । महासंघको सुदूरपश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने उनीहरूले बताए ।
महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउँदै दिगो आर्थिक विकासमा काम गर्न सहयोग पु¥याउने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पछिल्लोपटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दाहरूमा गरेका प्रतिबद्धतासमेत पूरा गर्ने अभिप्रायले महासंघले आइएलओको सहयोगमा ग्रिन इकोनोमीको विषय अघि बढाएको उहाँको भनाइ थियो ।
उपाध्यक्ष ढकालले महासंघले तालिमका लागि तालिमभन्दा पनि उद्योगहरूको मागका आधारमा कार्यस्थलमा आधारित तालिमलाई पनि मुख्य प्राथमिकता दिएको बताउनुुभयो । आगामी दिनमा कार्यस्थलमा आधारित तालिम थप प्रभावकारी बनाउन तालिमसम्बन्धी निर्देशिका बनाइएको उहाँले जानकारी गराउनुभयो । उक्त व्यवस्थाले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने उहाँको भनाइ थियो ।
महासंघको प्रदेश च्याप्टर अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालिम र दिगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीबीच बुुझ्न सहयोग पुुगेको बताउनुभयो । महासंघका वरिष्ठ परामर्शदाता हंशराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालिम निर्देशिका र वातावरणविज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रिन इकोनोमीका पछिल्ला अभ्यास र नेपालले अवलम्बन गर्नुपर्ने उपायबारेमा प्रस्तुुति दिनुुभएको थियो । कार्यक्रममा आइएलओका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसँग अघि बढाएका कार्यक्रमबारे प्रकाश पार्नुपर्ने भएको थियो ।
आयोजकका अनुसार परियोजनाअन्तर्गत सदस्य वस्तुुगत संघका लागि कार्य सञ्चालन विधि, कार्यस्थलमा आधारित सीप विकास निर्देशिका र ग्रिन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । करिब ७५ जना उद्यमी व्यवसायीको सहभागिता रहेको कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारी, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, सञ्चारकर्मी, महिला उद्यमीलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच