इन्द्रेणी सामाजिक विकास मञ्चमा नयाँ नेतृत्व

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ०९ मा रहेको इन्द्रेणी सामाजिक विकास मञ्चमा होमराज कुवँरको नेतृत्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा बिमल चन्द्र घिमिरे, सचिवमा योगेन्द्र भट्टराई, सहसचिव नारायण गिरि, कोषाध्यक्ष धनमती सापकोटा, सदस्य शुक्रराज भट्टराई, सन्तोष श्रेष्ठ, पबित्रा किसान, रीता फौजदार, अग्रीरा गुप्ता र पदेन सदस्य कर्दम कुमार क्षेत्री रहनु भएको छ ।

लेखा समिति संयोजकमा हेम बहादुर क्षेत्री र लेखा समिति सदस्यमा शंकर पाण्डे, संगीता ज्ञवाली सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समिति सदस्य बालिन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले समाजिक क्षेत्रमा कार्य गरि सस्थाले थप उचाइ हासिल गर्ने सक्नु पर्ने बताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख एवं संस्थाका संस्थापक सदस्य शम्भुलाल श्रेष्ठले स्थानीय सरकारसङ्ग मिलेर समाजिक क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व अध्यक्ष आत्मराम खनाल, बालिन्द्र बिक्रम शाही, बद्री प्रसाद सुवेदी, सस्थाका आजिवन सदस्यलगायतको उपस्तिथि रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?