![अनिशालाई स्वर्ण](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Anishalai-Sawrna.jpg)
काठमाडौं । मातातीर्थ औँसीका अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो बनाएको छ । बैंकले हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशसाथ भिडियो आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।
विशेषगरी शहर र नोकरीमा रहेका महिला आमा बनेपछिको अवस्थालाई भिडियोले औँल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ ।
त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खेल्ने भूमिका पनि भिडियोमा देखाइएको छ । दुर्ई मिनेट ४५ सेकेण्डको छोटो भिडियोले शहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियर कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच