साहित्यकार लेकालीलाई ‘बिडी त्यागी स्मृति सम्मान’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बिडी त्यागी स्मृति केन्द्रले ‘बिडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा शुत्रबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यसैगरी एक सय एक रुपैयाँको सिक्काको थैली रहेको ‘बिडी त्यागी स्मृति पुरस्कार’ साहित्यकार रामचन्द्र दाहाललाई, ‘बिडी त्यागी योगदान सम्मान’ प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र ‘बिडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार सरु पोखरेललाई प्रदान गर्ने पनि निर्णय गरिएको बताइएको छ ।

यसरी नै केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान यसपटक बूढानीलकण्ठ नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष शम्भु भट्टराईलाई प्रदान गर्ने भएको छ । सो निर्णय उपन्यासकार शंकर भारती संयोजक र साहित्यकार गंगा पौडेल र सस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिशको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ । आगामी वैशाख १८ गते साहित्यकार बिडी त्यागीको बीसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रमबीच सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले जानकारी गराउनुभयो ।

१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशाभित्र कथासंग्र्रह, उत्पात हास्यव्यंग्य उपन्यास, बैराग्य नाटक, शुभेच्छा कवितात्मक एल्बम, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोक कथासंग्रह, समृद्धि सपना राजनीतिक उपन्यास, चार थुम्का उपन्यास कृतिहरू प्रकाशित भएका साहित्यकार बिडी त्यागीको २०६० साल वैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधन भएपछि उहाँको सम्झनामा स्थापना गरेको बिडी त्यगी स्मृति केन्द्रले हरेक वर्ष स्मृति दिवसमा सम्मान अर्पण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?